विष्णु पादुका
१)
म अर्थमा हराएँ
बोलीको बाढीमा बगेँ
चिप्लोमा लोटाउन आयो।
२)
नजिक देख्यौ सबै
पोल्न सक्छ है आगोले
बाफै भए पनि पानी हो!
३)
पूरै वैधानिक छ
पानीमा आगो लगाउ
शहर सपना देख्दैछ।
४)
बिउँझे हुनेथियो
सपनाको नाटक छ
मुछेर आफैं सिकायत।
५)
गुमाउन मजा छ
कसैलाई त आनन्द
संग्रहालय भएनछु।
– कोहलपुर – ४, बाँके।
प्रकाशित: ३२ श्रावण २०७८ ०७:२८ सोमबार