तमिल सुपस्टार थलापति विजयको फिल्म ‘जन नायकन’ सार्वजनिक भएको केही समयमा अनलाइन लीक भएको छ।
फिल्म अनलाइन लीक भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनीहरूले फिल्मलाई क्लाउड स्टोरेज र सेयर गरिएको लिंकमार्फत सामाजिक सञ्जालमा फैलाएको आरोप छ।
साइबर क्राइम टोलीले अहिलेसम्म ३०० भन्दा बढी अवैध लिंक हटाएको छ र अझै पनि निगरानी जारी राखेको छ। पक्राउ परेका व्यक्तिहरूका मोबाइल र अन्य डिजिटल प्रमाणहरू जाँच भइरहेका छन्।
आरोपितहरूविरुद्ध आईटी एक्ट, कपीराइट एक्ट र सिनेमाटोग्राफ एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ, र उनीहरूलाई न्यायिक हिरासतमा राखिएको छ।
फिल्मका निर्माता केभिएन प्रोडक्सन्सले अवैध रूपमा फिल्म शेयर नगर्न सबैलाई आग्रह गरेका छ।
यो फिल्म एच. विनोदले निर्देशन गरेको ठूलो बजेटको एक्सन फिल्म हो, जसमा विजय थलापतिसँगै पूजा हेगडे, बॉबी देओल, प्रकाश राज लगायत कलाकारहरू छन्।
विजयले यसपछि राजनीतिमा प्रवेश गर्ने भएकाले यो उनको अन्तिम फिल्ममध्ये एक मानिएको छ। विजयले फिल्मबाट सन्यासको घोषणा डिसेम्बर २०२५ मा गरेका थिए।
प्रकाशित: १ वैशाख २०८३ १२:२३ मंगलबार





-600x400-wm.jpg)