२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आँखामा सजाउने मुटुभित्र लुकाउने

गीत

 प्रतिमा तामाङ 

 

केटी – आँखामा सजाउने मुटुभित्र लुकाउने को हौ? तिमी को हौ सुन सुन न।

केटा – परेली झुकाएर मनको बह पोखाउने को हौ?  तिमी को हौ भन भनन।

केटी – मनमा रमाउने नयनभित्र हराउने को हौ? तिमी को हौ सुन सुन न।

केटा –लजाएर मन मन्दिरमा बस्न रमाउने को हौ? तिमी को हौ भन भन न।

केटी – सागरभन्दा गहिरो हाम्रो माया सम्हालेर राखनुपर्छ।

केटा – शिखरभन्दा अग्लो हाम्रो पिरती चुल्हाएर लानुपर्छ।

केटी – बादलजस्तै कालो केश तिम्रो त्यो म सम्हालिदिन्छु।

केटा – पहाडजस्तै विशाल माया तिम्रो त्यो म सँगालिदिन्छु।

     –सिलगुरी, भारत।

प्रकाशित: २९ श्रावण २०७८ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App