२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कोशी तिरैमा नबस कान्छी पिर पिरैमा

छेस्का

तिला लेकाली

 

१)

कोशी तिरैमा

नबस कान्छी

पिर पिरैमा।

२)

पिरले छोयो

तिम्रो कुराले

यो मन रोयो।

३)

बैगुनी चाला

मन पर्दैन

मनका काला।

४)

एक्लो त्यो वर

कहाँ जाँदो हो

कहाँ छ घर ?

५)

हरिया चुरा  

विश्वास छैन  

बैगुनी कुरा।

६)

देखिन्थे सेता

चपाइ माटो

भासिए नेता।

७)

बाँसको तामा

नरोई बस

नेपाल आमा।

८)

कोसँग कह

कसले सुन्छ

मनको बह।

९)

पुर्खाको नासो

बनाए देश

जोरीको हाँसो।

१०)

भर गरियो

निष्ठुरी माया

जाल परियो।

 – बेलबारी,मोरङ।

प्रकाशित: २४ श्रावण २०७८ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App