२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

माया–प्रेम अमर हुन्छ

आधुनिक गीत

एनवी दाहाल नवीन  

 

मैले आफैंलाई ढाँटिसकेछु  

तिमी मभित्र छयौ भनेर।

मैले तिमीलाइ मागिसकेछु

भगवानसंग तिमी नै देऊ भनेर।

मन्दिरमा पूजा गरें मैले  

फूल–अक्षताको साथमा।

आफ्नो बनाउनलाई  

तिमी समाऊ मेरो हात।

डोयाउनेछु तिमीलाई

मेरो पछि –पछि नै  

लगनगांठो कसीकसी  

यो जग्गेमा बसीबसी है।

सिन्दुर–टीका लगाइदिन्छु  

त्यो इन्द्रेनी सिउंदोमा।

माया– प्रेम अमर हुन्छ  

हामी दुईको ज्यान मिल्दोमा।

प्रकाशित: १७ श्रावण २०७८ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App