१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गाउँको घर

बालकविता

शोभा पौडेल

 

हजुरबुबा र हजुरआमा भएको गाउँ

कत्ति रमाइलो ठाउँ

शान्त र सुन्दर  

मिठो दुध दिने माली गाई  

मसंगै बुरुक्क उफ्रने लाली गाई  

धेरै धान फल्ने खेत  

करेसाभरि तरकारी  

हजुरआमाले पकाएको गुन्द्रुक र भात  

सुन्दर बगैंचा  

मिठामिठा फलफूल  

हाम्रो त .......

सिमेन्टले मात्रै  बनेका घर  

लाग्छ सिमेन्टको शहर

पिँजडाको सुँगाझै

न खेल्ने साथी  

न खुला मैदान  

धुलो र धुवाँ मात्रै  

न स्कुल जानु छ...

खुला आकाशमा सास फेर्न

हावासंगै  खेल्न

जुनकीरी छोप्न

धुलो उडाउँदै दौड्न

हजुरबुबा र हजुरआमाको घर

हामी पनि जाउ न बाबा।

प्रकाशित: ७ श्रावण २०७८ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App