coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन्। बुधबार आयोजित प्रतियोगितामा ‘एउटै छ माटोको रंग’ शीर्षकको कविता  वाचन गरेर  सेलिया प्रथम भएकी हुन्।  

प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाईकी शर्मिला चौलागाई तृतीय, बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द बराइलीले  चौथो स्थान प्राप्त गरे।

जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा पत्रकार तथा साहत्यिकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ थिए। देशभरिबाट प्राप्त २८ वटा कविताबाट उत्कृष्ट ५ जना छनौट गरिएको थियो।

विद्यार्थीहरूले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए। प्राप्त कवितालाई निर्णायकहरूले सुनेर विजेता छनौट गरेका हुन्।

निर्णायकबाट आएको नम्बरलाई ८० प्रतिशत र सामाजिक सञ्जालको प्रतिक्रियालाई २० प्रतिशत आधार मानेर अन्तिम नतिजा प्रकाशन गरिएको आयोजक संस्थाका अध्यक्ष केशव भण्डारीले जानकारी दिए।

प्रकाशित: ३० असार २०७८ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App