१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता, प्रथम हुनेलाई २ लाख ५० हजार

राष्ट्रिय युवा संघ नेपालले लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । युवा संघले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिताको आयोजना गर्न लागेको हो।  युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणका अभियानमा जोड्ने सन्दर्भ सामग्री निर्माणको सोचसहित यो प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ।  

प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।  

‘प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ। यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ। यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ’, राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। 

यसरी निर्माण भएका मध्येले  प्रथम हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।यो प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मीकर्मीले असार २५ सम्म स्क्रिप्ट पठाइ सक्नुपर्ने छ।

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्मी एकेडेमी सहआयोजक रहेको छ, भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ। त्यस्तै प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ।  

इच्छुक फिल्मकर्मीले संघको इमेल ठेगाना  (office.nyfnepal@gmail.com)  मा आफ्नो स्क्रिप्ट पठाउनु पर्नेछ । 

प्रकाशित: ६ असार २०७८ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App