७ वैशाख २०८१ शुक्रबार
कला

खोप

लघुकथा

देवेन्द्र अर्याल ‘आँसु’  

 

नगरपालिकाले कोरोना महामारीविरुद्धको खोप लगाउने सूचना निकाल्यो । खोप लगाउन पाए बाँचिन्छ, ढुक्क हुन्छ भन्ने आशाले सबैले खोप लगाउन आ–आफ्ना चिनेका मानिसलाई हारगुहार गर्न थाले।

साठी वर्षमाथिका लाई मात्र खोप लगाइने सूचना भएका कारण साठी वर्षमाथिका मानिसमा खुसीको वर्षा हुनपुग्यो भने साठी वर्ष तलकालाई ‘कागलाई बेल पाकेर हर्ष न विस्मात’ भनेजस्तै भयो।  

सामाजिक दूरी कायम गरी विशेष सुरक्षाका साथ खोप कार्यक्रम सुरु गरियो। तर खोप लगाउनेको लहरमा केही युवा उमेरका मानिस पनि देखिए। साठी वर्षमाथिका मानिसहरू पनि उनीहरूलाई छक्क परेर हेर्न थाले । युवाहरू हातमा खोपको कार्ड लिएर लाइनमा उभिएका थिए।

एक जेष्ठ नागरिकले आफू अगाडि बस्नेको कार्ड पढेपछि सोधे, ‘होइन बाबुको उमेर कति हो?’

‘यही कार्डमा लेखिएको छ नि ? हजुरलाई थाहा छैन र ?’ यति भन्नासाथ त्यो युुवक खोप लगाउन कोठाभित्र छिरयो । खोप लगाइसकेपछि ऊ बाहिर आएर कुर्सीमा आराम गर्न बस्यो। त्यति नै बेलासँगै लाइनमा बसेका जेष्ठ नागरिक पनि आए र ऊसँगै बसे। बुबा यहाँ भएको मेरो उमेर त खोप लगाउने उमेर मात्र हो, तर मेरो वास्तविक उमेर त यसको ठ्याक्कै उल्टो पो हो नि ? नाम लेख्ने मान्छे आफ्नै भएका कारण यो जुक्ति लगाएको नि ? यसो नगरे खोप लगाउन नपाइने भयो।

यो कुरा सुनेपछि ती जेष्ठ नागरिकले आफूभन्दा कम उमेरको मानिसले खोप लगाउन सफल भएको कारण बुझे।  

प्रकाशित: २९ जेष्ठ २०७८ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App