coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वातावरण र मन

कविता

जमुना पौड्याल

 

            

फँडानी भए  

वनजङ्गल

चारैतिर  

मरुभूमि नै मरुभूमि

अतिक्रमण भए नदी

बस्दै छन् बस्तीहरू

ईश्वरको पगरी गुथी

सिंहासनमा विराजमान

छन् दानवहरू

वातावरणको अनुकूलता

बिग्रिएर

सर्पले निल्दै गरेको

भ्यागुतो बन्यो देश

फूलको सुवास

कस्तुरीको सुगन्ध

वन्यजन्तुको चाञ्चल्य

चरीको चिर्बिर

मानव सृजना

र कीर्ति

सबै विलीन भए

राजनीतिको  

लठारो समातेर

व्यापार हुँदै छ

खाग

कस्तुरी

र मानवे अङ्गप्रत्याङ्गको

महिलाको रगतमा  

पौडिनेहरू

बन्दै छन्

न्यायका पुजारी

र भक्त  

मानवताको  

हरियाली नै हराएपछि

देशको कङ्काल टेकेर

स्वर्गानुभूति गर्नेहरूले

दिउँसै अँध्यारो बनाए

अशान्ति

अन्योल

अराजकता

बलात्कार

र भ्रष्टाचारको कुहिरो  

र तुवाँलो मडारिएपछि

उजाडिएको छ देश

यस्तो विषम परिस्थितिमा

कसरी बाँच्न सक्छ मन ।

प्रकाशित: २८ जेष्ठ २०७८ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App