१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

च्यातिएको फरिया

कथा

 निर्मला मुरारी

 

काखमा राखेको बच्चा हेरेपछि सासूआमाले लगाएको फरिया खोलेर आधा च्यात्नुभयो रमादेवीलाई नयाँ फरिया च्यातेर दिएको मन परेन तर सासूको विरोधमा बोल्ने आँट आएन । बच्चाको जिउमा फरियाले ढाकिन् ।  

आँगनमा रोपिएको तुलसीको बोट अनि टाउको छोपेर लगाएको फरिया भित्रको सुन्दर अनुहारमा जुन प्रेम र मातृवात्सल्य छ । टाढा बसेर नियालिरहेका चारजना केटाकेटी पूजा सकिएपछि पर्साद चढाएको मिस्सी खान पर्खेर बसेका छन् । रमादेवीले सबैलाई हातमा मिस्री दिएपछि चारैजना खेल्न गए।  

 चार जना सन्तान हुर्काउन रमादेवीलाई सजिलो छैन। असी नाघेकी सासूको दिसा–पिसाबले दुर्गन्ध भए पनि उनीलाई कहिले सेवा गर्दा नराम्रो लागेन।

लोग्ने भिरबाट लडेर मरे पनि सासू आमाले माया गरिन् । कहिले नमिठो वचन सुन्न परेन। माइतमा आउँछे जस्तो गर्थे । जानु परेन।

त्यो कति खोजे पनि भेट्न नसकिने गरी गाई हरायो, कता गयो भेटिएन। दुईवटा बाछी छ। खसी –बाख्रा पनि छन् । दशैंमा बेचेर नयाँ लुगा किन्न पालेका थिए। वर्षभरि खान नपुग्ने खेत छ।

बारीको तरकारी लगेर हाटमा बेचेर चिनी, जिरा र नुन किन्न पुग्यो । सातामा एकदिन हाट लाग्छ।

दिन बितिरहेका छन् । सात ठाउँमा तुनेर लगाएको फरिया देखे पनि कसैले किनेर दिने हैन।

 आज कान्छा छोराले पहिलो महिनाको तलब थापेर गतिलो  फरिया ल्याएर दिँदा आँसु आयो। सबै छोराछोरीको बिहेदान भयो। दुइटी छोरी राम्रा घरमा परे। छोरी जस्ता बुहारी आए।

अब रमादेवी खुसी छिन्।

च्यातिएको फरिया सिलाउने सियो पनि भाँच्चियो रमादेवीले चारैतिर हेरिन् । मन चसक्क भयो सियोले घोचेजस्तो तर पनि हिम्मत गरेर उठिन्।

छोराको ससुरालीमा पूजा छ। रुद्री पूजा सत्यनारायणको पनि छ। नजाउ भने बुहारीको चित्त दुखित बनाउनु कसरी जाने बेलामा दुईपल्ट भनेर गएकी छ । छोरो जागिरे जान भ्याउँदिन आमा जसरी पनि जानु भनेर पचास रुपैयाँ हातमा राखेर गएको छ। मनमनै सोचिन्– मुजामा पर्छ देखिंदैन होस् यै फरिया लगाउँछु । बल्ल मिल्यो । तानतुन गरेर भित्र पारिन्।

कपाल बाटेर झोला बोकेर ढोकामा ताल्चा लगाएर पल्लो घरमा साँचो छोडेर बुहारीको माइत गइन् । एक घण्टा हिँडेर गएकी बाह्र बजे छोराले दिएको पचास रुपैयाँ र फलफूल पूजा सामान समेत बोकेर पुगिन्।

‘बुहारीको माइतमा काम के सघाउ’ मनमनै सोचिन् । तीन जना महिला कुरा गर्दै आलु छोडाउँदै थिए त्यही मिसिन गइन् । एकछिन आलु छोडाएकी एउटा सानो केटो दगुरेर आएको रमादेवीको फरिया तानेर लड्यो । फरिया मक्किएको थियो । फेरि च्यात्तियो । जति लुकाउँछु भने पनि लुकेन । त्यो देखेर बच्चाकी आमाले बच्चालाई झम्टेर कुट्न थालिन् । बच्चा चिच्याएर रुन थाल्यो । के भयो भन्दै बुहारी आइन । रमादेवीको च्यात्तिएको फरिया देखेर हात समाएर भित्र कोठामा लिएर आइन । नया‘ सुतिको फरिया निकालेर दिदै भनिन आमा यो लगाउनु तपाईंलाई दिनु भनेर आमाले दिनुभएको हो । रमादेवीले बुहारीको अनुहारमा हेरिरहिन् आँखाबाट बर्रबर्री आँसु झरेको देखेर पुछिदिँदै भनिन् , आमा लगाउनु सबैको घर भनेको उस्तै हो । तपाईंसँग नयाा फरिया छैन भन्ने मलाई हेक्का भएन तर केही हुन्न मेरो माइतीमा लाज मान्नु पर्दैन मलाई तपाईँ आउनुभएको छ। त्यही ठूलो कुरा हो । बुहारीको कुरा मानेर रमादेवीले नयाँ फरिया लगाइ् ।

बिहानदेखि चियाबाहेक केही नखाई गएकी चार बजे पूजा सकेर दुई वटा सेल अचार तरकारी खाएर भोक मारिन् । घर फर्कन ढिलो हुन्छ भनेर घर आउन लाग्दा बुहारीले म पनि जान्छु भनिन् । दुवै जना सँगै फर्केका थिए ।

प्रकाशित: २८ जेष्ठ २०७८ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App