१३ वैशाख २०८३ आइतबार
image/svg+xml
कला

अमेरिकामा रामकृष्ण ढकालले कोरोना संक्रमितका लागि जुटाए १८ लाख

गायक रामकृष्ण ढकालले कोरोना संक्रमितको लागि सहयोग जुटाएका छन् । अहिले अमेरिकामा रहेका गायक ढकालले त्यहाँ रहेका नेपालीहरुसँग अपिल गरेर कोरोना संक्रमितको लागि १८ लाख रुपैयाँ जुटाएका हुन् ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका उनी  हाल उतै थुनिएका छन् ।  ‘नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । उहाँहरू नेपालमा कोरोनासँग जीवन(मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ । मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका  ।’

त्यस्तै ढकालले जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको समेत बताए ।  

अझै केही मनकारी मनहरुले सहयोग गर्ने वचन दिएको बताउँदै रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने उनले बताए । 

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App