१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अभिनेता पुष्प खड्काले गरे ५० सिलिण्डर अक्सिजन सहयोग

नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणदर तीव्र भइरहेको  छ। काठमाडौं उपत्यकासँगै मुलुकका ठूला सहरहरुमा   भएका  अस्पतालको कोभिड वार्ड सबै भरिभराउ भैइसकेका छन्। अधिकाशं अस्पतालमा अक्सिजन अभावपछि थप संक्रमित बिरामी भर्ना गर्न नसक्ने भन्दै हात उठाएका छन्। केही सातायता अक्सिजन नपाएर अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको  ज्यानसमेत गइरहेको छ। यस्तो अवस्थामा केही सामाजिक अभियन्ता, कलाकारहरु पनि अस्पतालका लागि अक्सिजन जोहोको गर्न आ–आफ्नो ठाउँमाबाट सहयोग गर्न थालेका छन्।  त्यस्तै अभिनेता पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन्। उनले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्यमा अक्सिजन उपलब्ध गराएका हुन् ।  

सामाजिक अभियान्ता केपी खानालले अभिनेता खड्काले गरेको सहयोगले कोरोना संक्रमण भएका नागरिकहरुको ज्यान बच्ने सक्ने बताएका छन्।  सामाजिक  सञ्जाल मार्फत अभिनेता खड्कालाई धन्यवाद प्रकट गर्दै   सामाजिक अभियान्ता खनालले भनेका छन, ‘सुदुरपश्चिमका विभिन्न अस्पतालमा अक्सिजन को कमी नहोस् साथै अस्पताल लाई अक्सिजन भर्न नसकेको पिडानहोस भनेर विभिन्न अस्पतालका खाली हुने सिलेन्डरहरु लाई अक्सिजन भरेर  मैना देवी फाउन्डेसनबाट  दिने योजना बनायौँ,  त्यो योजना बनाएको सुरुकै दिनमा नेपाली चलचित्र जगतका नायक पुष्प खडका ज्युबाट यो सहयोग मिल्दा हामीलाई थप मैदानमा उत्रीने उर्जा थपेको छ ।’ 

प्रकाशित: २ जेष्ठ २०७८ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App