१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लौरो

लघुकथा

विवि याक्खा

 

निकै तामझामसित नै कार्यक्रम चलिरहेको थियो। विभिन्न विधाको गायकगायिका लगायत विशिष्ट व्यक्तित्वहरूका पनि बिाक्लै  उपस्थिति थिए। पुरस्कृत र सम्मानितहरूमा खुशीको लहर थियो।

कार्यक्रममा दर्शकका रूपमा मोहनलाल पनि पुगे। उनी संगीतको गुरु उस्तादका साथै शिक्षक थिए। मंन्चमा धेरै जसो आफ्नै चेला देख्दा दंग थिए ! त्यहाँ उनी कसैले निम्ता गरेर भने गएका थिएनन्।

उद्घोषकले पुरस्कृत साथै सम्मानित हुनेहरूको नाम मंञ्चमा ग्रहण गर्नु सम्बोधन गर्दै पालैपालो बोलाए। पासाङ प्रमुख सम्माानित व्यक्तित्व हुन मन्चमा पुगे! पहिलो गुरु  मोहनलालको हातबाट समानित भए।

पत्रकारहरूले किन कसरी भनेर खुब प्रश्न तेर्साए।आयोजक अनुमतिमा मोहनलाले जवाफमा भने –पासाङ उद्देश्य बोकेको यात्री हो जसले यात्रामा कतै आफ्नो लौरो छुटाउँदैन। म पनि मात्र लौरो उसको! यहाँ नत्र कति जंघार तर्छन् र लौरो बिर्सन्छन् त्यो  प्रवृत्ति छ।

सबैको सास रोकियो भने पासाङले उक्त राशिलाई गुरुको हातबाट नै बालआश्रमका लागि  प्रदान गरे।

प्रकाशित: ३१ वैशाख २०७८ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App