९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

आमा

अन्जु हुमागाई

वर्षायाम अनी एकनाशले वर्षीरहेको झरी संगै अध्यारो रात व्यथाले च्यापेको शीथिल शरीर अनीदा आँखाहरु अनी वर्षातमा ओत लाग्ने छानोमुनी आँशु चुहिएर भीजेका तिम्रा परेलीहरु त्यो सबै सहँदै वर्षात्का थोपाहरुको स्पर्श संगै यस धर्तिमा आखाँ खोल्ने सौभाग्य दिएकी मेरी आमालाई संसारका जुनसुकै अमुल्य  उपहार दिए पनी कम पर्छ।  

जीवनमा पहिलो दिन त्यो थियो जुन दिन म रुँदा मेरी आमा मुस्कुराएको दिन कयौँ पिडाको चीच्याहट एकै पटक बिर्सेर मलाई काखमा लीँदै खुसी भएको दिन आमा तिम्रो मुहारमा त्यो हाँसो सधैँ देख्न पाउँ जीन्दगीमा तिमी थीयौ र त म भएँ  तिम्रो कोखबाट जन्मने सौभाग्य सबैले कहाँ पाउँछ र? तिम्रो खुसीको लागी मेरो पुरै जीवन समर्पित छ। गर्भावस्थादेखि आजको दिनसम्म पनी तिमीले हाम्रो पीर गर्न छाडेकी छैनौ। 

त्यसैले त भनिन्छनी संसारमा आमा भन्दा ठुलो अरु कोहि छैन। अरुको लाख र आमाको काख कहाँ एउटै होला र ? दुनियाँ सारा एकातीर आमालाई एकातीर राख्दा पनि दुनियाँ कम पर्छ आमा सरह हुनै सक्दैन। जतिसुकै दुःखको सागरमा बोझ उठाउनु परेपनी कहिल्यै हार नखाने ,हरेक संघर्षका बाबजुद दुनियाँले लगाएको रुखो बचन लाई पनी सहजै स्विकारेर मुस्कुराईरहने मुहार तिम्रो मुस्कानको अगाडी पुर्णीमाको चन्द्रमा फिका पर्न जान्छ।

आफ्ना सन्तानलाई दशधारा दुध चुसाएर सारा दुख:हरु सामना गरेर आज ४० वर्ष नाघीसक्दा पनि तिम्रो सुन्दरतामा कमी आएको छैन आमा। आफ्नो श्रीमान परदेश हुँदा होस या घरदेश कहिल्यै आफुलाई कमजोर नबनाई अगाडी बढिरह्यौ तिम्रो पाईलाहरु आफ्नो पथबाट कहिले पनी डगमगाएनन्। त्यो महानता त्यो त्याग र सम्झौतालाई म राम्रो संग बुझछु आमा। आज पनी त्यो बाल्यकालको यादले मन भक्कानिन्छ आमा मन पोल्छ। आमा मायाँको पहिलो आभास तिमी,मेरो जीवनको साहास तिमी ,मेरो जीवनको आश तिमी।

म १२ कक्षा पढ्दै गर्दा तिम्रो लागी एउटा हरफ कोरेकी थिएँ तर सुनाउने साहास नै आएको थिएन आज विशेष दिन मातातिर्थ औसीँको अवसर पारेर तिम्रो लागि लेखेका यि हरफ सुनाउँछु आमा...

तेते भन्दै शिरमा तेल लगाई देउन आमा फेरी

जवानीमा बचपन मेरो जगाईदेउन आमा फेरी..

दशैँ आउँदा गाउँमा सबले नयाँ नयाँ लुगा लाउँछन्

फरीया काटि सर्ट बनाउन सघाई देउन आमा फेरी...

तिमीले पराईको हात समाएर मलाई कन्यादान गरी सुम्पीएको दिन तिम्रो आँखाबाट खसेका मोतीका दानााहरुलाई मेरो लगन गाठोको पोकोमा सँगाल्दै तिम्रो ईज्जत र बिश्वासमा कहिले पनि आँच आउन दिने छैन भनेर आफुले आफैँसंग प्रण लीएकी थिएँ। त्यो आँशुले पनी मलाई जीन्दगीसंग सम्झौता गर्दै बाँच्नको लागी थप साहास दिएको छ। जबजब म जीन्दगीदेखि हार मान्नथाल्थेँ अनि आमाका जादुमय हातहरु मेरो शीरमाथी सल्बलाई रहेका हुन्थे ,आफ्ना सन्तानको लागी तिमीले गरेको संघर्ष साहास र त्यागको सधैनै ऋणी छु। आमा तिम्रो आँखामा सजिएका सपना हरुलाई पुरा गर्न अझै कठोर भएर लागीपरेकी छु सानो छँदा म सपना देख्थेँ तिमीले पुरा गरिदिन्थ्यौ अब तिमी सपना देख पुरा गर्ने पालो मेरो। 

छिटै तिम्रो सपना पुरा गरेर त्यो मुस्कानलाई अझै चम्कीलो बनाउने कोशीस गर्ने छु। हिजोका ती चुनौतीहरु अब आउने दिनमा तिमीले एक्लै सामना गर्नुपर्नै छैन। खुल्ला हृदयले आफ्ना मनका बोझ हरुलाई सन्तान समक्ष राख्नसक्छ्यौ। आमाको लागी हरेक सन्तान सधैँ साना नै लाग्छन् तर आमा जिम्मेवारीको बोझले अब मलाई उमेर भन्दा पहिले नै परिपक्व बनाईसकेको छ।

सायद मैले हेर्ने संसार र तिमीले सजाएको संसार बेग्लै हुनुपर्छ आमा त्यसैलेत आफ्नोपनमा मैले दुनियाँ उतर्न सकिन। जीवनमा तिमीमात्रै मेरो त्यस्तो साथी बन्यौ जस्ले बोल्नभन्दा पहिला मेरो मनको पीडालाई बुझ्छ्यौ। तिम्रो मुहारमा  निराशा पटक्कै सुहाउँदैन सधैहाँसी राखन है। मन त आज पनी लाग्छ तिम्रैकाखमा लुटुपुटु गरीरहुँ तर बाध्यताले तिमी देखी कोसौँ टाढा छु हरेक पल सम्झीरहेकी हुन्छु।

गएको साल आमाको मुख हेर्नै दिनमा पनि कोभिडको माहामारीले आउन सकिएन यो साल पनी माहामारी झनै फैलीएको छ। समय अनुकुल छैन बाँचीरहे चाडबाड त अर्कौ साल पनी आउँछन् आमा अनि सबै परीवार एकसाथ भएर मनाउँलानी पीर नगर है। समय अनुकुल हुने बित्तिकै भेट्ने बाचा गरेँ। मेरो अनुपस्थिती भएपनी काखमै भएका सन्तान संग हाँसीखुसी यो चाड मनाउनु है अनी आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु म तिम्रो आसपास छु भन्ने सोच्नु है म तिम्रो मुटुको टुक्रा त्यहा नभएपनी मैले मेरो मुटुको टुक्रा तिमीलाई पठाईदिएकी छु ताकी तिमीलाई मेरो अभाव नहोस् भनेर। 

पशुपतिनाथसंग प्रार्थना गर्छु अब आउने हरेक जन्म तिम्रै कोखबाट लीईरहन पाउँ तिम्रो खुसीको लागि मेरो बाँकी जीवन पुरै कुर्बान छ बाँकीमेरोआयु तिमीलाई दिउन भगवानले हे भगवान  जिन्दगीमा सबै पीडा मन्जुर छ, एउटा मात्र बिन्ती गर्छु मेरी आमा लाइ कहिल्यै नरुवाइ दिनु। शरीरका हरेक रोगहरु छीटै नीको होस् बितेका वर्षभन्दा आउने वर्षहरु खुसी उत्साह र उमंगका साथ बितोस हरेक कामना पुरा होउन्।  

सबै आमाहरुको आज विषेश दिन अझै धेरै विषेश बनोस सुस्वास्थय एवम् दिर्घायुको कामना सबै आमाहरुलाई  मातातिर्थै औँसीको धेरै धेरै शुभकामना।

प्रकाशित: २८ वैशाख २०७८ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App