१७ असार २०८१ सोमबार
image/svg+xml
कला

जलहरी

लघुकथा

वन्दना घिमिरे

 

‘ए बुढा ! सुन्नुहोस् त मलाई  सुनको बाला, रानीहार, गलहरी, तिलहरी चाहियो।’

‘किन चाहियो ?’

‘स्वस्थानी व्रत बस्दा लगाउन।’

‘के नचाहिँदो कुरा गरेको ? कति वर्षदेखि स्वस्थानीको व्रत लिइराखेकी छौं । कहिले केही चाँहिदैन थियो । कुनै सामान नपुग्दा खोलाको बालुवाको बनाए पनि हुन्छ भन्ने कथा सुनाएको होइन ? फेरि अहिले एक्कासि  त्यत्रो सुन किन चाहियो ?’

‘पोहोर परार मैले व्रत बस्दा पुजा गर्ने शिवजी सर्पको माला लाउने,  बाघको छाला ओढने, भाङ धतुरो खाने गर्थें र पो जे चढाए पनि जे लगाएर पुजा गरे पनि हुन्थ्यो।’

‘अनि अहिले चाहिँ के भयो त ?’

‘लौ ! हजुरलाई थाह छैन ? अहिले त हाम्रा आराध्यदेव पशुपतिनाथका शिवजी १ सय ४१ किलो सुनको जलहरी लगाएर बस्ने भएका छन्। अनि कुनै  गहना नलगाई  पूजा गर्न जाँदा हेपेर वरदान  नै दिएनन् भने नि ?’

प्रकाशित: २५ वैशाख २०७८ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App