१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

'राहदानी'ले गायो देउसी

काठमाडौं– फिल्म 'राहदानी' युनिटले बिहीबार काठमाडौंको कलंकी हलमा चुनाव भएर संविधान बनोस् भन्ने कामना गर्दै देउसी खेलेको छ। तिहारको सेरोफेरोमा फिल्ममा राखिएको मारुनी गीत सार्वजनिक गर्ने क्रममा देउसी खेल्दै फिल्म टोलीले तिहार मनाएको हो।गोविन्द कुसुमको शब्द र वसन्त सापकोटाको संगीतमा निशा देसारले गाएको गीतको भिडियो पनि कार्यक्रममा देखाइयो। यस्तै तीनमध्ये मारुनी रोजेर गीत कम्पोज गरिएको सगीतकार सापकोटाले जानकारी गराए।

फिल्मको देशव्यापी प्रदर्शनी चैत २७ बाट गरिने प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराए। फिल्मको निर्माण कार्य कात्तिकमै पूरा हुने र मंसिरबाटै विभिन्न ठाउँमा च्यारिटी गरिने ढकालले जानकारी गराए।

वैदेशिक रोजगारका क्रममा नेपालीले भोग्दै आएका पीडालाई मुख्य कथा बनाएको निर्देशक डब्बु क्षेत्रीले खुलाए। फिल्ममा उनकै लेखन छ।

दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय रहेको फिल्म छायाकार रामशरण उप्रेती र नृत्य निर्देशक राजु शाह छन्। फिल्मको केही अंश मलेसियामा समेत खिचिएको छ।

प्रकाशित: १४ कार्तिक २०७० २३:४८ बिहीबार