उनको सटिक र तर्कपूर्ण जवाफ दिने शैलीलाई दर्शकले पनि मन पराएका थिए । ग्लामर क्षेत्रसँग जोडिएको मिस नेपालमा सहभागी भए पनि मोडलिङ वा फिल्म क्षेत्रसँग आवद्ध हुने नहुने भन्ने कुरा उनले भविष्यको हातमा सुम्पेकी छिन् । भन्छिन्,'म मोडल बनुला नबनुला तर महिलाका लागि त्यो क्षेत्र नराम्रो भने हैन त्यहाँ उनीहरुले आफ्नो आत्मविश्वास र पहिचानको बाटो पाउँछन्।' बिबिए छैटौं सेमेष्टरमा अध्ययनरत उनी भविष्यमा समाज सेवा गर्ने चाहना राख्छिन्।
मिस चितवनको प्रतिस्पर्धामा उत्कृष्ट पाँच जनामा परेका सितोष्ना, रिदम अधिकारी, पुजा श्रेष्ठ, रक्षा थापा र निशा थापा थिए। ब्राइट नेपाल डट कमले आयोजना गरेको शालिमार मिस चितवन २०७० प्रतियोगिताको फष्ट रनर अपमा पुजा श्रेष्ठ र सेकेण्ड रनरअप रक्षा थापा चुनिइन्। मिस चितवन सितोष्नाले सहप्रायोजकको तर्फबाट स्कुटर प्राप्त गरेकी छिन्। फस्ट रनरअप पुजाले २५ हजार नगद र सेकेण्ड रनरअप रक्षाले १० हजार नगद सहित विभिन्न उपहार हात पारिन् । प्रतियोगितामा छनौट भएका २७ जनालाई तीन चरणमा १० – १० जनाहुँदै अन्तिम पाँचको छनौट गरिएको थियो।
प्रतियोगितामा बेष्ट पर्सनालिटी अवार्ड पुजा श्रेष्ठ, बेष्ट फिगर रक्षा थापा, बेष्ट ड्रेस निशा थापा, फ्रेण्डसिप प्रियंका कार्की, बेष्ट स्कीनमा मेलिना अधिकारी, पपुलर च्वाईस र ट्यालेन्टमा भिक्टोरिया कार्की, स्माइलमा सविना कार्की, क्याटवाक आरती राई, स्टाइलिस सितोष्ना वन, मल्टी मिडिया अनिसा श्रेष्ठ, डिसिप्लेन मनिषा श्रेष्ठ, ब्युटीफुल हेयर स्टाइल एरिना घले र मिस फोटोजेनिकको उपाधि पुजा श्रेष्ठले हात पारे। चितवनमा भएको मिस नेपाल प्रतियोगिताका लागि साढे १४ लाख खर्च लागेको संयोजक सुनिल श्रेष्ठले बताए। उनका अनुसार २०५९ पछि दोस्रो पटक मिस चितवनको आयोजना गरिएको हो। आगमी वर्ष पनि मिस चितवनले निरन्तरता पाउने उनले जानकारी दिए ।
प्रकाशित: १३ कार्तिक २०७० ०१:२६ बुधबार

