१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

रजनीलाई फिलान्थ्रोपी अवार्ड

काठमाडौं– 'मिसेस ग्लोब'मा नेपालको प्रतिनिधित्व गरेकी रजनी थापाले 'मिस फिलान्थ्रोपी' उपाधि जितेकी छिन् । सोमबार चीनको सेन्जेनमा भएको 'मिसेस ग्लोब' मा ६३ देशका प्रतिनिधिहरुले भाग लिएका थिए।मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६ वर्षे थापाले पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी हुन्। प्रतियोगिताको यो १८ औं संस्करण हो। कार्यक्रममा उनले 'मै राम्री हुन' बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनी रक्षा नेपालकी सद्भावनादूत समेत हुन्। मिसेज नेपालको आयोजना इप्लानेटले गरेको थियो।

'नेपालको प्रतिनिधित्व गरेर पहिलोपटक प्रतियोगितामा सहभागी भएर अवार्ड जित्नु गौरवको कुरा हो,' इप्लानेटका सन्तोष सापकोटाले भने।

प्रकाशित: १२ कार्तिक २०७० ००:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App