१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

बेलायतमा 'नागबेली' प्रिमियर

काठमाडौं– बेलायतको ननटनमा शनिबार नेपाली फिल्म 'नागबेली'को प्रिमियर भएको छ। गोविन्द राईद्वारा निर्देशित फिल्मको प्रदर्शनीमा ननटन र बेडवर्थका मेयर बब कोपल्यान्ड दम्पतीको प्रमुख आतिथ्य थियो। दर्शकहरुले फिल्म मन पराएको निर्मात्री रोमियन लिम्बु चेम्जोङले बताइन्।युवाहरुले काठमाडौंमा आफ्नो लक्ष्य पूरा गर्न गर्ने संघर्षको कथा भएको फिल्मलाई दर्शकले सान्दर्भिक र यथार्थपरक भएको प्रतिक्रिया दिएको निर्मात्री रोमियनको दाबी छ। स्थानीय उद्योगी ओम गुरुङ र ब्रिटिस गोर्खाका पदाधिकारीहरुको उपस्थितिमा देखाइएको फिल्ममा सेनामा भर्ती हुन चाहने एक पात्रको समेत उपकथा छ।
लगभग तीन सय दर्शकले हेरेको 'नागबेली'मा दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, नीर शाह, रुपा राना लगायतको मुख्य भूमिका छ। दीपेन्द्र लामाको पटकथा लेखन रहेको फिल्मलाई बेलायतका विभिन्न सहरमा फेरि देखाइने योजना छ।

प्रकाशित: ११ कार्तिक २०७० ०३:०० सोमबार