मुम्बई - बलिउड हिरो ऋतिक रोशन अहिले फिल्म क्रिस ३ को प्रवर्द्धनमा व्यस्त छन्। सुपर हिरो बनाउने यो टिमले क्रिस ४ समेत बनाउन सक्ने दावी गरिएको छ।'स्पाइडरम्यान, सुपरम्यानजस्तै यसको पनि अर्को श्रृखला आउनसक्छ,' हिरो ऋतिक रोशनले भने, 'क्रिस बनेको १० वर्ष भएको छ। त्यसैले भविष्यमा क्रिस ४ आउनसक्छ। आशा गरौं हामीले क्रिस ४ बनाउनेछौं'
कोही मिल गयाबाट सुरु भएको क्रिस ३ तेस्रो सिक्वेल हो। २००३ मा कोइ मिल गया रिलिज भएको थियो। क्रिस २००६ मा रिलिज भयो। 'क्रिस ३ मा धेरै नयाँ कुराहरु समावेश गरिएको छ,' हिरो रोशनले भने। क्रिस ३ आगामी महिना रिलिज हुँदैछ।
प्रकाशित: ६ कार्तिक २०७० ०२:१५ बुधबार