१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यस्तो छ गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर–घुर’ (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा व्यस्त नाम हो, गायक युवराज चौलागाईं। देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा उनी हजारौं दर्शकमाझ पुगिरहेका हुन्छन्।चार सयभन्दा बढी गीतमा आवाज दिइसकेका चौलागाईंले हालै नयाँ गीत सार्वजनि गरेका छन्। उनले आफ्नै स्वार र संगीतमा ‘घुर–घुर’ (परेबी घुर्छ) बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्। 

गीतको शब्द गीतकार कौशिला खनाल कर्माचार्यले लेखेकी हुन्।

गीतले वैदेशिक रोजगारीमा गएका हरेक  नेपालीको कथालाई चित्रण गर्ने गायक चौलागाईं बताए ।  ‘गीतमा हरेक नेपालीको हण्डर र ठक्करको पीडालाई बुनिएको छ। गीतले  आफ्नो देश छाडेर धन कमाउन विदेशमा सस्ती बेहोरिएका युवाको जीवन गाथा बोल्छ ’,उनले भने ।  

गीतको भिडियो गायक चौलागाईं र नायिका वर्षा राउतले अभिनय गरेका छन्।गीतको भिडियो धिरजजंग शाहले खिचेको छन्, भिडियो सम्पादन विकास धमलाले गरेका हुन् भने भिडियो निर्देशन निकेश खड्काले गरेका छन्।

प्रकाशित: ५ वैशाख २०७८ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App