१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ठूलो मान्छे

लघुकथा

शनिबाारको दिन साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका उनी समय अगावै पुगे । सहभागीभन्दा पहिले अतिथि पुग्दा आयोजक असहज महसुस गरिरहेका थिए, तैपनि आफ्नो तयारीमा जुटिरहे।

दर्शक, स्रोता र सहभागीको आगमनसँगै बिस्तारै हल भरिन थालेपछि आयोजकले राहत महसुस गरे।

आसन ग्रहणको क्रम प्रारम्भ भयो । अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि , वरिष्ट लेखक, विद्वान समालोचक  आदिलाई तिनको परिचय दिंदै आसन ग्रहण गराउँदा र खादा–मालाले स्वागत गर्दा केही समय लाग्यो।

कार्यक्रम प्रारम्भ हुनै थाल्दा प्रमुख अतिथि हात जोड्दै सबैसँग बिदा माग्न थाले, भने – ठूलो मान्छे हुनु पनि गाह्रो छ। हु्न्न भनुँ साथीहरू रिसाउने, जाउँ भ्याईनभ्याई हुने । अझै दुईवटा कार्यक्रममा प्रमुख अतिथि हुन जानु छ। यहाँका लागि निर्धारित समय सकियो। त्यसैले बिदा पाऊँ ।’ 

यति भनिसक्दा उनी मूलद्वारमा पुगिसकेका थिए।

प्रकाशित: २३ चैत्र २०७७ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App