२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यादहरूमा बिथोलिन्छु

गीत

मनमा कतै कुरा खेल्छ अनिदोमा छटपटिन्छु ,

निदाउन खोज्दाखोज्दै यादहरूमा बिथोलिन्छु।

 

आफ्नो होइन आफ्नो जस्तो सम्झनामा उनी मात्र,  

नमेटिने  तिर्खाजस्तो  उनको  रूपको  तृष्णा मात्र ।

हिजोआज मनभित्र केके, केके कुरा गुन्छु,

निदाउन खोज्दाखोज्दै यादहरूमा बिथोलिन्छु।

 

न त सक्छु  पछि लाग्नु  न त मनलाई  छेक्न,

दोधारे यो मन दोधार रह्यो न त सक्छु छोड्न ।

हिजोआज मनभित्र केके, केके कुरा गुन्छु,

निदाउन खोज्दाखोज्दै यादहरूमा बिथोलिन्छु।

प्रकाशित: २० चैत्र २०७७ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App