१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र ‘थलाइवी’ साउथमा कंगनाको प्रशंसा नै प्रशंसा, बलिउड मौन

केही दिनअघि मात्र अभिनेत्री कंगना रनौतको नयाँ चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भयो। कंगनाको यो  चलचित्र तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित हो।

चलचित्रको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन्। कंगनाको नयाँ  चलचित्रको पहिलो अवतार देखेपछि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन्।

यता, बलिउड उद्योगमा भने कंगनाको  चलचित्रको विषयमा कसैले कुनै प्रतिक्रिया जनाएका छैनन्। भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर थुप्रै चर्चित बलिउड सेलिब्रेटीले निकै प्रशंसा गरेका थिए। कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएनन्।

कंगना रनौतले बलिउड उद्योगमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा आवाज उठाएपछि बलिउडमा थुप्रै कलाकारहरुले यसको विषयमा विरोध गरेका थिए।

प्रकाशित: १३ चैत्र २०७७ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App