२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभिनेता रणवीर कपुरलाई कोरोना पुष्टि

बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित भएका छन्। उनका काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको बताएका छन्।  

भारतीय सञ्चार माध्यमको समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँगको कुराकानीमा रणधीरले यो कुराको पुष्टि गरेका हुन्। उनलाई वेबसाइटले ‘के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन्?’ भनेर सोध्दा रणधीरले ‘हो’ र अहिले उनी क्वारेन्टाइनमा छन् भनेर जवाफ दिएका छन्।

उनले भनेका छन्, ‘मैले बुझेसम्म रणवीर अहिले ठिक छैनन्। तर मलाई थाहा छैन कि उसलाई कसरी भयो। म सहरमा छैन।'

रणवीरका प्रशंसकहरुले उनलाई  स्वास्थ्य लाभको कामना गरिरहेका छन्। गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App