५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ

गजल

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ ,

सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ ।  

 

कैयौं पटक  हुन्छ  वादविवाद  अनि संवाद ,

त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।  

 

उसले लगायो चहराएको  घाउमा मलहम,  

दिल ठूलो हुनेको दिलमा मात्र हित निस्कन्छ ।

 

कडा परिश्रमबिना केही हुँदैन यो दुनियाँमा,

कथामा समुद्र मन्थन गरी अमृत निस्कन्छ ।

 

तिमी सजिलै  सफलता अनि वैभव चाहन्छौ,  

हजारौं हार चपाएर एउटा जीत निस्कन्छ ।                        

प्रकाशित: २४ फाल्गुन २०७७ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App