९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

सकिएन धान्न बरै लिलामीमै गयो माया

गीत

तर्साइरहन्छ शून्य रातले, गिज्याइरहन्छ खल्लो साथले,

डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ विगतले ।

 

घुर्क्याउँथ्यौ –छुट्टिन्थ्यौं, एकै मनमा हुन्थ्यौं फेरि,

रिसाउँथ्यौं–भड्किन्थ्यौं,  अँगालोमा रुन्थ्यौं फेरि ।

विरहको मातले, झस्काइरहन्छ विश्वासघातले,

डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ  विगतले।

 

नमेटिने–नभेटिने छायाजस्तै भयो माया,

सकिएन धान्न बरै लिलामीमै गयो माया ।

छेकिएन बातले माया, लेखिएन रगतले,

डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ विगतले ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App