२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आमा बन्दै बलिउड गायिका श्रेया घोषाल

बलिउडकी सबैभन्दा लोकप्रिय गायिका श्रेया घोषाल विवाह भएको ६ वर्षपछि आमा बन्दैछिन्। उनले आफू आमा बन्न लागेको कुरा सामाजिक संजालमार्फत बताएकी हुन्। 

उनले तस्बिरहरु समेत शेयर गरेर यो जानकारी दिएकी छिन्। उनले हुनेवाला बच्चाको नाम पहिल्यै घोषणा गरिसकेकी छिन्। ३६ वर्षीया श्रेयाले आफ्नो र उनको पति शिलादित्य मुखोपाध्यायको नाम मिलाएर बच्चाको नाम बनाएकी छिन्।  

श्रेयाले सामाजिक सञ्जालमा लेखिन्, 'बेबी 'श्रेयादित्य' बाटोमा छ। शिलादित्य र म तपाईंहरुलाई यो खबर सुनाउन पाउँदा खुसी छौं। हामीलाई तपाई सबैको माया र आर्शिवादको आवश्यक छ। किनकि हामी जीवनको यो नयाँ अध्यायको लागि तयार छौं।' सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले श्रेयालाई शुभकामना दिइरहेका छन्।  

५ फेब्रुअरी २०१५ मा गायिका घोषालले लामो समयको प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिईन्। 

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App