१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अक्षयले छाडे सय करोड पारिश्रमिक लिएको चलचित्र

बलिउड अभिनेता अक्षय कुमारले निर्देशक मुदस्सर अजीजको चलचित्र नगर्ने भएका छन्। ज्याकी भगनानीले निर्माण गर्ने यस फिल्मका लागि उनले एक सय करोड पारिश्रमिक लिएका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार समय अभावका कारण अक्षयले यो चलचित्र छोडेका हुन्। उनले उक्त चलचित्रबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्धित गरेको समाचार छ।  

यस अघि पनि अक्षयले समय अभावकै कारण धेरै चलचित्र छाडेका छन्। उनले छाडेका चलचित्र 'बाजिगर', 'फूल और कांटे', 'रेस', 'भाग मिल्खा भाग' आदि सुपरहिट भएका थिए। 

प्रकाशित: १९ फाल्गुन २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App