१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रोपें निश्छल प्रेमको बोट मीठो

गजल

रोपें निश्छल प्रेमको बोट मीठो,

झाँगिएर त्यसले दिने ओट मीठो।

 

गरेर त्यसैको शीतलतामा शंका,

ठडिएका औंलासँगै खोट मीठो।

 

पिलाएँथें ममता र सद्भाव मिसाई,

मधुरताले युक्त तरल घोट मीठो।

 

गर्नु हुन्न रैछ कसैमाथि विश्वास,

प्रतिकारमा पाइने त्यही चोट मीठो।

 

सुम्पेर आत्मा उपहारमा मिल्ने,

अनास्थाको एउटै त्यही भोट मीठो ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App