coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अमिताभ र इमरानको चलचित्र 'चेहरा'को फस्ट लुक सार्वजनिक, रिया चक्रवर्तीले पोष्टरमा ठाउँ पाइनन्

भारतीय कलाकार अमिताभ बच्चन र इमरान हाश्मीको फिल्म 'चेहरा'को रिलीज मिति सार्वजनिक भएको छ। यो रहस्य थ्रिलर फिल्म अप्रिल ३०मा सिनेमा घरहरूमा प्रदर्शन हुनेछ। चेहराको माध्यमबाट इमरान पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिनमा देखिँदै छन।

अमिताभले पोस्टरको साथ फिल्मको रिलीज मिति घोषणा गरेका हुन्। उनले लेखेका छन्, 'चेहरा' भन्दा ठूलो कुनै मास्क छैन। वास्तविक 'चेहरा'को पर्दा उठ्नेछ। बहुप्रतीक्षित रहस्य थ्रिलर ३० अप्रिलमा थिएटरमा आउँदैछ।' चेहरा रुमी जाफरीद्वारा निर्देशित चलचित्र हो। फिल्ममा अन्नु कपूर, टिभी अभिनेत्री क्रिस्टल डिसूजा, रघुबीर यादव र धृतिमान चटर्जी लगायतको भूमिका छ।

दिवंगत सुशांत सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई पनि यस फिल्ममा कास्ट गरिएको थियो। यद्यपि रियालाई पहिलो लुक पोष्टरमा स्थान दिइएको छैन। उनको नाम कतै ट्याग समेत गरिएको छैन। 

प्रकाशित: ११ फाल्गुन २०७७ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App