१७ असार २०८१ सोमबार
image/svg+xml
कला

फूल पनि जेल बन्छ माया गर्नेलाई

मुक्तक

             १)

आनन्दको भण्डार छ मुटुभरि मेरो,

सके जति लुटी जाऊ छैन बार घेरो ।

उल्ले खुशी के देला खै छैन उसैसँग ,

तिम्रै लागि साँचेको हुँ दिल सेरोफेरो।

           २)

हिजो एउटा काग केही भँगेराहरूको झुण्ड बनाएर उड्यो,

आज फेरि अर्को काग फिस्टाहरूको मालिक बनेर उड्यो ।

हे कोइली हो , रङ्गमहलमा अब तिम्रो राग अलापिने छैन ,

यो काग  साम्राज्य  हो, अर्को काग धर्तीसँग बाझेर उड्यो ।

 

            ३)

अग्निस्नान गरौं कि भन्छ रामै बोल्ने त हो,

मुख बत्ती भरौं कि भन्छ रामै बोल्ने त हो।  

कति बस्नु, आफैँ जान्छु देशै लान्छु अरे,

बसाइँ पो सरौं कि भन्छ रामै बोल्ने त हो।

 

            ४) 

के हुन्छ थाहै होला मन तानिएपछि,

शब्दको डोरीले बेस्करी बाँधिएपछि ।

फेब्रुअरीमा उफ्रने ती प्रेमीप्रेमिकाझैं ,

उफ्रन्छ्न् सुटुक्क मुटु साटिएपछि।

 

          ५)

फूल पनि जेल बन्छ माया गर्नेलाई,

काँडाचाहिँ मह बन्छ दिल हर्नेलाई ।

आफन्त नै भाँजो बने झर्छ फूल पत्र,

के भनौँ खै लौरो छाडी खोला तर्नेलाई।

प्रकाशित: ८ फाल्गुन २०७७ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App