१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस्टर एन्ड मिस सिरहाको ताज वन्चिता र चिरागलाई

मिस सिरहा र मिस्टर सिरहाका विजेतासँगै सामुहिक तस्बिर खिचाउँदै सहभागीहरु । तस्बिर : मिथिलेश/नागरिक

मिस एन्ड मिस्टर सिरहा–२०२१ को ताज वन्चिता यादव र चिराग शर्माले पहिरिएका छन्। पी. प्रोडक्सन नेपाल प्रालिले आयोजना गरेको प्रतियोगितामा बिहीबार राती सात जनालाई उछिन्दै सिरहाकी १७ वर्षीया वन्चिता मिस सिरहा र चिरागले मिस्टर सिरहाको ताज पहिरिएका हुन्।  

मिस सिरहाको उपाधि जितेकी यादवलाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले ताज पहिर्‍याइन्। मिस्टर सिरहालाई कोरियोग्राफर प्रशान्त साहले ताज पहिर्‍याएका थिए।  

मिस र मिस्टर सिरहालाई १५ हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन्। फिनालेमा फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन्। सगरम रेडियोका संचालक फिरोज शेखको अध्यक्षतामा फिनाले प्रतियोगिता सम्पन्न भएको थियो।

प्रकाशित: २९ माघ २०७७ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App