१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

साउथ सुपरस्टार प्रभास विवाह गर्दै

साउथ स्टार प्रभास निकै चर्चामा छन् । फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका प्रभास पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । साउथ सुपरस्टार प्रभास विवाह गर्ने तयारीमा रहेको खबर हालै भारतीय मिडियाले सार्वजनिक गरेका छन्।  

प्रभास अब चाँडै नै बिवाह बन्धनमा बाँधिदै छन्। टलिउड डट नेटको रिपोर्टका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग बिवाह गर्ने भएका छन्।  

यो एक मागी विवाह हुनेछ। यसका लागि दुवैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ। यससँगै उनको विवाहको तयारी परिवारले सुरु गरिसकेको बताइएको छ।  

साउथ सुपरस्टार प्रभास थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहन्छन्। यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले उनकाे निगरानी गरिरहेका हुन्छन्। 

प्रकाशित: २६ माघ २०७७ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App