१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

घाम लागे हुन्थ्यो

बालकविता

चिसो –चिसो सिरेटोले हिमाल नाघे हुन्थ्यो,

जाडो भयो पहारिलो घाम लागे हुन्थ्यो ।

 

न त बस्ती देखिने न त मान्छे देखिने,

कुहिरामै अल्झिएर घाम पनि छेकिने।

यति बाक्लो अँध्यारो कुहिरो भागे हुन्थ्यो,

हुस्सु– कुहिरो भगाउन घाम लागे हुन्थ्यो ।

 

रुँदैछ त्यो फुच्चे भाइ मेरो छेउ आएर,  

च्यातिएका मैला र थोत्रा लुगा लाएर।

आमासँग गतिलो नाना मागे हुन्थ्यो,

गरीबका आङमा न्यानो घाम लागे हुन्थ्यो ।

प्रकाशित: २१ माघ २०७७ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App