१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जिज्ञासु काव्य

बालकथा

अत्यन्तै चञ्चले, चुलबुले र जिज्ञासु छन् काव्य । सानो उमेरमै उनका कुरा सुनेर सबै छक्क पर्छन् । आफूलाई निर्धक्क रूपमा हरेक ठाउँमा प्रस्ततु गर्ने उनको खुबी छ । बाबा कुमार अधिकारी र आमा गंगा अधिकारीसँग काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएकी उनी तीन कक्षामा पढछिन् । काव्य बाबालाई अब्बु भनेर सम्बोधन गर्छिन् भने ममीलाई आमा भन्छिन्।

नेपालको पूर्वमा मोरङ जिल्लाको केराबारीमा उनको  पुर्ख्यौली घर हो । घरमा उनको हजुरबाबा, हजुरआमा, ठूलो ममी र ठूलो बाबा हुनुहुन्छ । त्यस्तै काव्यका दुई फूपु दिदी पनि हुनुहुन्छ भने ठूलो फुपू दिदीका दुई छोरी हुनुहन्छ । दशैँमा सबै जम्मा भएर रमाइलो गर्नुहुन्छ ।  चार्डपर्वमा सबै जम्मा हुँँदा   काव्यले आफ्ना कुराले  सबैलाई चकित पार्ने गर्छिन् । उनमा भएको खुबीलाई सबैले प्रशंसा गर्ने गर्छन् । ज्ञानगुनका कुरादेखि लिएर रमाइलो प्रसंगमा पनि काव्यले उत्तिकै दखल राखेको देख्दा उनका बाबा ममी पनि दंग पर्छन् । यति सानो उमेरमा यति धेरै कुरा कहाँबाट आउँछ उसलाई भनेर प्रायः सबैले जिज्ञासा राख्ने गर्छन् । नयाँ व्यक्तिसँग पनि नडराईकन उनले आफ्ना कुरा राख्नुका साथै नयाँनयाँ कुरा गरेर चकित पार्ने गर्छिन् ।

एक दिन उनको कपाल छोटो गरी काटिदिनुभयो बाबाले । कपाल छोटो भएपछि उनले टोपी लगाउन थालिन् । घरमा आएका पाहुनसँग कुरा गर्दै काव्यले भनिन् – बाबाममी म छोरा र छोरी दुवै हो हेर्नुहोस् त ।

पाहुनाले सोधे –  कसरी ?

उनले भनिन् –   यी टाउको देखाउँदा  केटा  र नदेखाउँदा  केटीजस्तै देखिएँ नि ।

यस्ता अनेक  प्रसंग छन् जो उनलाई कसैले सिकाएको छैन र पनि उनी व्यक्त गर्छिन् । हामी बसेको ठाउँदेखि अर्को ग्रहमा जीवको अस्तित्व छ छैन भन्ने समेत विषयमा उनले जिज्ञासा राख्ने गर्छिन्। 

पढ्न पनि त्यतिकै अब्बल काव्यका कुराबाट स्कुलमा शिक्षकशिक्षिका पनि दंग पर्छन् । कहिलेकाहीँ त उनले यस्ता प्रसंग र विषय निकाल्छिन् जसले उनीहरूको मथिगल नै हल्लाइदिन्छ । उनको यो प्रतिभा देखेर प्रायः सबैले भन्ने एउटै प्रश्न छ – हैन, यो यति सानो उमेरमा कति धेरै ज्ञान र जिज्ञासा छ हो यो नानीमा।

आफूभन्दा ठूला हरेक व्यक्तिलाई उत्तिकै आदर र सम्मान गर्ने काव्य साँच्चिकै उदाहरणीय बालिका छन् । हरेक बालबालिकाजस्तै खेल्ने र कुदनेसँगै छिट्टे साथी बनाइहाल्ने उनमा हाम्रो वरिपरि भएका घटनाक्रमलाई फरक ढंगले प्रस्तुत गर्ने क्षमता छ । हामीले सोच्दै नसोचेका कुरा व्यक्त गर्ने क्षमता राख्ने काव्यको प्रतिभा आम बालबालिकामाभन्दा केही फरक छ । त्यसैले उनी सबैको नजरमा खास छिन् ।

प्रकाशित: १७ माघ २०७७ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App