१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

माटो जोगाऔँ

बालगीत

 

यो वातावरण यो मौसम, हरियाली हाम्रै लागि हो,

हिमालका मुस्कान र नदीका गुञ्जन हाम्रै लागि हो।

 

नदीमा एक थोपा पानी घट्दा हाम्रो ओठ सुक्छ,

जङ्गलमा आगो लाग्दा  यहाँ हाम्रै आँत जल्छ।

 

ए मान्छेहरू हो बचाओ न बचाओ आफ्नो धरती,

आउँदैन फेरि यस्तो मौका यहाँ फर्कीफर्की।

 

उर्वरा धर्तीले मात्र जोगाउँछ प्राणीको प्राण,  

जैविक खेती गरौँ अब स्वस्थ होस् सबैको खानपान।

 

हामीले नजोगाए पृथ्वी सकिन्छ त्यसै चर्की,

आउँदैन फेरि जोगाउने मौका यहाँ फर्कीफर्की ।

प्रकाशित: ११ माघ २०७७ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App