१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दुर्गा किरणको ‘नजरभरि माछापुच्छ्रे’ सार्वजनिक

साहित्य सृजनामा सक्रिय पोखरेली चेली दुर्गा किरण तिवारी ‘क्षितिज’का चोटिला मुक्तकहरूको संग्रह ‘नजरभरि माछापुच्छ्रे सार्वजनिक गरिएको छ। संग्रहमा तीन सय एकाउन्न ओटा प्रभावशाली मुक्तक संग्रहित छन्।  

गण्डकी साहित्य परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङसहितका स्रष्टाले उक्त पुस्तक लोकापर्ण गरेका हुन्।

मुक्तककार तिवारीले बिम्ब र प्रतीकको मीठो संयोजन गरेर माया, प्रेम, राष्ट्रियता, समाज, अध्यात्म र राजनैतिक विषयलाई मुक्तकमा ढालेकी छिन्। उनको सिर्जनामा गण्डकी प्रदेशको स्वाद पाइन्छ।  

लोकापर्ण कार्यक्रममा उपकुलपति गुरुङ, स्रष्टाहरू रामकाजी कोने, डा. भरतकुमार भट्टराई, रमेश पौडेल, भुवनहरि सिग्देल, मदनराज थापा, विधान आचार्य र देवी काफ्लेलगायतले ‘नजरभरिमाछापुच्छ्रे ’ उत्कृष्ट मुक्तकहरूको संग्रह भएको टिप्पणी गरेका थिए।  

कविता, गजल र मुक्तक लेखनमा सक्रिय तिवारीको यो दोस्रो कृति ‘नजरभरि माछापुच्छे«’का प्रकाशक कौशलकुमार भट्टराई हुन्। यसको तीन सय पचास रुपैयाँ राखिएको छ।

निरन्तर साहित्य साधनामा समर्पित तिवारीको पहिलो कृति ‘नचुमेको क्षितिज’ कविता संग्रह हो। उनको तेस्रो कृति ‘निलगगनको अँगालोमा’ कविता संग्रह पनि प्रकाशनको तयारीमा छ। तिवारीको एउटा मुक्तक –  

भरिएन अञ्जुली पानीका बुँदहरू जति झरुन्

जीवनमा बादल लगाई मनमा झरी जति परुन्  

मिलनको घडी आउला कि भन्दै बाटो हेर्दै तिम्रै  

टुटाइन आशा हृदयका एकएक गरि जति मरुन् ।

प्रकाशित: ७ माघ २०७७ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App