१६ फाल्गुन २०७७ आइतबार
कला

फरक

लघुकथा

– बाबा, मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?

 –  कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दश वर्षको छोराले सोध्यो। छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढ्न खोज्दै सोधे –किन र बाबु ?

हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरीकुरी भन्यो भनें कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ।

–  अनि के भयो त ?  बोल्दाबोल्दै रोकिएको छोरालाई उनले सोधे ।

– अघि पल्लो घरकी दिदीलाई छोटो लुगा  लगाको देखेर कुरीकुरी भनेको त झन्डै मारिनन् । नन– सेन्स फुच्चे भन्दै थर्काइन् । अस्ति एउटा दाइको प्यान्ट कम्मरमुनि पुगेको देखेर सम्झाको त झन्डै पिटेनन् । उसले घटना बतायो ।  

कथाकारले छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने– हो बाबू, बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् । तर, ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् ।   

प्रकाशित: २७ पुस २०७७ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App