१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

जिन्दगी चलाउन त रूप सँगसँगै सीप हुनुपर्छ

मुक्तक

प्रकाश घायल

 

    १)

ऊ जेजे भन्दै थियो त्यही –त्यही म सुन्दै थिएँ,

त्यही विषयमा गहिरिदै मस्तिष्कमा गुन्दैथिएँ ।  

अचानक  थपिदियो  जिन्दगीले  पीर–व्यथा ,

विवश–विवश बनेर म आँसुको भेल थुन्दै थिएँ ।

                       

   २)

 जिन्दगी चलाउन त रूप सँगसँगै सीप हुनुपर्छ ,

अझ झन् जगमगाउन  उज्यालो दीप हुनुपर्छ ।

बहकिने  मन कहिलेकाहीं चंचल भै बरालिदा,

बरालिने यो मन सम्हाल्न तिमी समीप हुनुपर्छ  

                     

                     

     ३)

लटरम्म  भएपछि  हाँगा  आखिर नुहिँदो रहेछ,

असरल्ल  भुइँमा  झरेपछि  फल कुहिँदो रहेछ ।

नशालु ती नजरले मनमुटु कोपर्न थालेपछि,

आँसु बन्दै आँखाबाट पीडा तप्प चुहिँदो रहेछ्र्र ।

           

    ४)

चिसो रात  खुला आकाश खापेर  बिताउँछन् ,

अरूको व्यथा आफ्नै ढाडमा थापेर बिताउँछन् ।

मनभित्र वेदनाको आगो दनदन्ती बल्दा समेत,

चिसो भाग्य सँगसँगै लगलग काँपेर बिताउँछन् ।

                         

   ५)

काम कुरो अझै मिलाउन बाँकी छ अलिअलि,  

फाटेको भाग्य  सिलाउन  बाँकी छ अलिअलि ।

तर्किएर हिड्यौ किन  झर्किएर बोल्यौ किन,

मनभरि विश्वास दिलाउन बाँकी छ अलिअल्र्रि ।

प्रकाशित: ४ पुस २०७७ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App