१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ

तस्बिर सौजन्यः हिडेन ट्रेजर

यो वर्षको 'मिस नेपाल वर्ल्ड २०२०' को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। आज होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्ड २०२० को उपाधि जितेकी हुन्। उनी पेशाले शिक्षक हुन्।

यस्तै, ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को सन्ध्या शर्मा भएकी छन्।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ?' भनेर सोधिएको थियो।

नम्रताले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन्।

प्रकाशित: २० मंसिर २०७७ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App