१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मेचीकाली अँगालेर खुसीले हाँसेको छु

मुक्तक

चूडामणि नेपाल ‘अकिञ्चन’ 

 

देशको नक्सा  

 

सगरमाथालाई गुराँसको माला गाँसेको छु ,  

मेचीकाली अँगालेर खुसीले हाँसेको छु  ।

मलाई मेरै देश सबैभन्दा प्यारो छ है दाजै,  

भित्तामा हैन देशको नक्सा छातीमा टाँसेको छु ।

 

तातो हुरीमा छु  

 

मरुभूमिमा चल्दै गरेको त्यो तातो हुरीमा छु,

कलहले बल्दै गरेको पराल घरको धुरीमा छु ।

दुगर्तिमा आफन्त छिमेकी लुकीलुकी नाच्छन् रे,  

अस्ताउनै लागेको सूर्यझैँ भौगोलिक दूरीमा छु ।

 

 फूल फूलमा 

 

अझै रङ भर्न, सुन्दर इन्द्रनी आउँदै छ रे,

पालुवाका ती पत्र – पत्रमा, जूनतारा छाउँदै छ रे ।

कुन शिल्पीले सिगारयो, भनन ए फूल,  

तिमीलाई सुन्छु फूलकै कुरा, रङले ऊसँग मीत लाउँदै छ रे ।

 

 रारा ताल हुँ म 

 

 

नेपालमा मेची –कालीको फैलिदोँ पवित्र छाल हुँ म,

म पहाडमा सगरमाथाझैँ चुलिंदो अटल ढाल हुँ म ।

नसम्झ देश भनेको मात्र ढुङ्गा –माटो र वन हो,

बग्नसक्छु विश्वभरि अहिले अवरुद्घ रारा ताल हुँ म ।

 

जूनको आँगन 

 

जूनको आँगनमा अब एउटा दरबार बनाउनुपर्छ,

 ताराहरु जडेर छानामा अब घरवार बनाउनुपर्छ । 

ईन्द्रेनीको भरयाङ बनाउँदै छु माथिसम्म चढ्न ,

तिमी र म मिलेर एउटा बेग्लै संसार बनाउनुपर्छ । 

प्रकाशित: १३ मंसिर २०७७ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App