ऋषि तिवारी
– को हो तिमी !
कसैले मलाई त्यो नौलो गाउँमा सोध्यो । म एक्लो छु । निर्धक्क छु । त्यो गाउँको म नौलो मान्छे भए पनि डर थिएन । त्रास थिएन् । कतै गाउँलेहरू मिलेर मलाई मार्छन् भन्ने पनि हेक्का राखेको छुइनँ ।
गाउँ डुलिरहेको छु । बस्ती –बस्ती नियालिरहेको छु । बस्तीको सुन्दर मुहारदेखि लोभिरहेको छु । छेउछाउमा बस्ती बिचमा धुलाम्मे सडक । न पिच बाटो । जे भए पनि मनमोहक गाउँ । विकासको आयोजना छैन । बस्तीमा छन् मुशहर दाजुभाइ, आमा– दिदी र बहिनीहरू । यसरी बस्ती नियाल्दै गर्दा फेरि अर्कोले सोधे, ‘को हो तपाईं ! कहाँबाट आउनुभएको ! तपाईंजस्तै थुप्रै मान्छे यसरी हाम्रो बस्ती नियाल्छन् र थुथुथुथु गर्दै भटभटेबाटै धुलो उडाएर भाग्छन् ।
मैंले चिनिसकेको थिएँ, ती हाम्रो खेतमा हलो जोत्ने खिनाई मुशहरको बुवा हुन् तर उनले चिन्न सकेनन् मलाई । मैले कोट्टाउन थाले – काका, म तपाईंको फलानो जमिन्दार मालिकको छोरो हो, पर्वते ।
– म शहरिया बन्ने । फुटानी हाँक्ने भनेर बालाई सबै खेतीपाती बेच्न कर लगाएको थिएँ । शहरिया त भएँ । आफ्नै अनाज फलाफाल हुन्थ्यो गाउँमा । अहिले एक गेडो चामल पनि किन्नु परेको छ शहरमा काका ।
यति भनेपछि ऊ काका खुशी भएँ भन्न थाले, आज मेरो धुलाम्मे डगरमा भगवान् आउनुभयो ।
मैले भने – काका, म भगवान् होइन । तपाईंहरू जस्तै म गाउँलाई माया गर्ने गाउँले नै हुँ । म शहरमा बसे पनि मेरो गाउँ मलाई प्यारो लाग्छ ।
काकाले सोधें, – के खाने ! अब हामी मुशहरको चुल्होमा पकाएको चामल मुखबाट छिर्दैन होला । केतारी भाँचुम । केतारी खाने कि !
मैले भने, – पर्दैन काका, आज काकीले पकाएको चामल नै खाने ।
प्रकाशित: ११ मंसिर २०७७ ०९:०३ बिहीबार