१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

देबेन्द्र र एलिनाको स्वारमा ‘मायाले नि के के गर्च गर्च’

देबेन्द्र बब्लु र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘मायाले नि  के के गर्च गर्च’ सार्वजनिक भएको छ। गीतमा गीतकार हर्क साउँदको शब्द छ भने कलाकारदेबेन्द्रले नै संगीत भरेका छन्। गीतको संयोजन योगेश काजीले गरेका छन्।  

गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे, देबेन्द्र बब्लु, रोशनी कार्कीले मुख्य अभिनय गरेका छन्। गीतको भिडियोमा नेपालको द्धन्द्धकाकालिन समयको वियोगान्त प्रेमको कथालाई बुनिएको छ।  

 विशाल घिमिरेको निर्देशन, अनिलकृष्ण मानन्धरको छायांकन  र प्रविण भट्टको सम्पादनमा तयार भएको भिडियो निकै आकर्षक बनेको छ।गीतको भिडियो देबेन्द्र बब्लु युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। 

प्रकाशित: ५ मंसिर २०७७ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App