१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कोसीको कथा नयाँ कलेबरमा

पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स शृंखलाअन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्धसंग्रह ‘कोसीको कथा’लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ। प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले २०४६ सालमा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन। 

किताबबारे दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्, ‘यो किताब केही समयदेखि बजारमा उपलब्ध थिएन। केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुसी लागेको छ।’ संग्रहका नौवटा निबन्ध कोसीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन्, जहाँ परिवारसहित राजनीतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो। 

२००७ सालका क्रान्तिताका नेपाली कांग्रेसका सुप्रिम कमान्डर तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए।

प्रकाशित: २६ कार्तिक २०७७ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App