आकाश मानन्धर
जसले भन्छ वाह हजुर त
उनै रहन्छ जतन भई
मनमा छ माया मेरो
तिम्रो नि होला !
माया नै हो शक्ति
जित्ने संसार सारा
आँखा सामुन्ने छ माया
देख्न सक्नुपर्छ
गुमेपछि सिद्धिगो
बेलैमा थाहा पाउनुपर्छ !
अत्यावश्यक हुँदाहुँदै
किन हेला गर्नु
माया सबथोक भन्नेले
किन पैसामा बिक्नु !
धर्का कोर्न सिकायौ
मान्छे बन्न सिकायौ
छुटेन बालापन मेरो
कति झर्के कति तर्के
अनि पछुुतो पनि माने !
झुट बोलेँ मैले करैले
झगडा पनि गरेँ बरैले
बस् भुल गरेछु मैले
तिमीलाई मनपराएँ !
जून चियाउँदै आउँछ
झ्यालबाट निधारमा
उनको रूप चम्काउन
मध्यरातको निदरीमा !
तिम्रोसाथ हुञ्जेल
हरदम म निदाउँछु
यिनै खुसीमा रमाएर
संसार पनि छोड्दछु !
मेरो मनको भाकालाई
तिमी मनैले पढिदेऊ
म तिम्रै हुँ भनेर
एकवचन भनिदेऊ
चन्द्रमा त तिमी नै
हो मेरा लागि सानी
आकाशमा छु भन्छ्यौ
म जून केलाई मानूँ !
प्रकाशित: २४ कार्तिक २०७७ ०९:१९ सोमबार