१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अनलाइन शिक्षाः श्रीखण्ड की खुर्पाको बिँड?

आयन सुवेदी

आयन सुवेदी
कक्षा: ८, दि एक्सेलसियर स्कुल,
स्वयम्भू, काठमाडौं।

कोरोना भाइरसबाट सिर्जित कोभिड १९ रोगका कारण विश्व नै आक्रान्त बनेको छ। विश्वको यस विषम परिस्थितिमा नेपाल पनि अछुतो रहन सकेको छैन। मानव समाजलाई सामाजिक परम्पराहरुबाट नै टाढा राख्न सफल भएको यस महामारीले केही क्षेत्रमा भने सकारात्मक प्रभाव पारेको छ। मानिसहरुको जनचेतना अविवृद्धी भएको छ। मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन्। रोगहरुप्रति संवेदनशील बनेका छन्। यस महामारीले सकारात्मक प्रभाव पारेको अर्को पाटो भनेको दूरसञ्चारका माध्यमबाट दिइने शिक्षा प्रणाली रहेको छ।

विश्वमा नै सूचना प्रविधिले फड्को मारेको धेरै भएको छैन। छोटो समयमा नै मानिस जातिले सूचना प्रविधिको क्षेत्रमा निकै ठूलो सफलता हात पारेको छ। यसै सूचना प्रविधिको प्रयोगबाट हाल कोभिड १९ को महामारीका कारण भएको बन्दाबन्दीमा अनलाइन कक्षाहरु सञ्चालन भएका छन्। हुन त अनलाइन प्रविधि मार्फत मिटिङ तथा कन्फरेन्सहरु यो महामारी सुरु हुन अगावै पनि प्रचलनमा नरहेको भने होइन। तर यस रोगलाई नियन्त्रण गर्न भौतिक दुरी कायम गर्नुपर्ने भएकोले यो प्रविधिको प्रयोग विद्यालय तथा क्याम्पस तहका पठनपाठनमा पनि ह्वात्तै बढेको छ। हाल हाम्रो समाजबाट किताबकापी र भौतिक उपस्थितिमा मात्र पढाइ हुन्छ भन्ने धारण क्रमश हराउँदै गएको छ। विद्यार्थीहरु पनि कम्प्यूटर र मोबाइलका माध्यमबाट शिक्षा लिइरहेका छन् र योभन्दा पनि महत्वपूर्ण कुरा मोबाइल कम्प्यूटर जस्ता ग्याजेटबाट आजित बनेका अभिभावकहरु पनि अचेल आफैँ विद्यार्थीलाई यस्ता ग्याजेट उपलब्ध गराउँदै छन्। तर यस्तो परिवर्तन हाम्रो देशमा सबैतिर भने हुन सकेको छैन। कतै आर्थिक अवस्थाका कारण तथा कतै आवश्यक सामाग्रीको सहज पहुँच नभएका कारण विद्यार्थीहरु अनलाइन शिक्षा लिनबाट बञ्चित छन्। अवसर पाउनेहरु पनि सही मार्गदर्शनको अभावमा राम्रोसँग उपयोग गर्न सकेका छैनन्।

एक्काइसौँ शताब्दी विकासको मेरुदण्ड मानिएको सञ्चार तथा सूचना प्रविधिसँग घुलमिल हुने अवसर पाएका छन्। कम्प्यूटर टाइपिङ गर्ने, नयाँनयाँ सफ्टवेयरको प्रयोग गर्ने, प्रस्तुतीकरण तयार गर्ने जस्ता कार्यमा विद्यार्थीहरु निपुण हुन थालेका छन्। त्यति मात्र नभएर यिनै कुराहरुमा आफ्ना सिर्जनात्मक कलाहरु समेत प्रस्तुत गर्ने अवसर पाएका छन्। 

शिक्षालाई राम्रो वा नराम्रो भनेर वर्गीकरण गर्नु उचित हुँदैन। त्यसैले अनलाइन माध्यमबाट लिइने शिक्षालाई पनि गलत वा नराम्रो पद्धती भन्न मिल्दैन। सबै  विद्यार्थीले यस लकडाउनको अवधिमा अनलाइन प्रविधिबाट शिक्षा लिने अवसर प्राप्त गरेका छैनन्।त्यसैले यसको अवसर सम्पूर्ण विद्यार्थीमा पुर्याउनु जरुरी छ। जतिले अवसर पाएका छन् उनीहरुले पनि यस अवसरलाई सुनौलो अवसर मानेर सदुपयोग गर्नुपर्छ। मौका र अवसरको पर्खाइमा रहेका विद्यार्थीलाई अनलाईन शिक्षा वरदान सावित भएको छ। अध्ययन सामग्री र स्रोतका लागि अथाह भण्डारका रुपमा रहेको इन्टरनेटको प्रयोगबाट विद्यार्थीहरुले निकै नै ज्ञान बटुल्ने अवसर पएका छन्। प्रविधिको प्रयोगले सहज रुपमा गृहकार्य गर्न, खोजअनुसन्धान गर्न, आफूले गरेका कामहरु भविष्यका लागि भण्डारण गरी सुरक्षित राख्ने ठाउँ पाएका छन्। एक्काइसौँ शताब्दी विकासको मेरुदण्ड मानिएको सञ्चार तथा सूचना प्रविधिसँग घुलमिल हुने अवसर पाएका छन्। कम्प्यूटर टाइपिङ गर्ने, नयाँनयाँ सफ्टवेयरको प्रयोग गर्ने, प्रस्तुतीकरण तयार गर्ने जस्ता कार्यमा विद्यार्थीहरु निपुण हुन थालेका छन्। त्यति मात्र नभएर यिनै कुराहरुमा आफ्ना सिर्जनात्मक कलाहरु समेत प्रस्तुत गर्ने अवसर पाएका छन्। यो प्रविधि शिक्षा लिने र दिनेमा मात्र सीमित नभइ आफ्नो कला र क्षमता संसारसामु उजागर गर्ने माध्यमका रुपमा समेत विकसित भएको छ। अनलाइन शिक्षा सँगै विभिन्न प्रकारका सामाजिक सञ्जाल, ब्लगिङ तथा माइक्रो ब्लगिङ साइट, भिडियो सेयरिङ साइट आदिका माध्यमबाट आफ्नो कला तथा सिर्जना विश्वसामु प्रस्तुत गर्न विद्यार्थीहरु सफल भएका छन्। यस अर्थमा हेर्दा आजको समाजमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा कोभिड १९ को महामारीका कारण सिर्जना भएको प्रतिकुल परिस्थितिका बावजुत पनि विद्यार्थी तथा शिक्षकहरुको टिचिङ लर्निङ प्रकृयामा राम्रो सुधार भएको छ।

हातैमा इन्टरनेट सुविधा उपलब्ध हुने हुँदा बालबालिकाहरु कक्षा भएकै समयमा इन्टरनेटको प्रयोग गरी अनलाइन गेमहरु खेल्ने, अनावश्यक रुपमा सामाजिक सञ्जालहरु प्रयोग गर्ने जस्ता समस्याहरु पनि रहेका छन्। कक्षा म्यूट र भिडियो बन्द गरेर इन्टरनेटमा व्यस्त पनि हुने गरेका छन्।

हरेक प्रविधिको सकारात्मक तथा नकारात्मक पाटो हुन्छ नै। त्यसैले यो अनलाइन माध्यमबाट शिक्षा लिने प्रविधिको पनि केही नकारात्मक पाटाहरु अवश्य छन्। अनलाइन प्रविधिबाट शिक्षा लिँदा शिक्षकको अगाडि विद्यार्थीको उपस्थित नहुने हुँदा प्रत्यक्ष निगरानी हुन सकेको छैन। विद्यार्थीले गरेका अभ्यासहरु जाँचगरी प्रत्यक्ष रुपमा गल्ती सच्याउने कार्यमा वाधा पुगेको छ। अभिभावकहरुको व्यस्तताले गर्दा विद्यार्थीहरु घरमै पनि प्रत्यक्ष निगरानीमा रहन सकेका छैनन्। कतिपय अभिभावकलाई यस्ता प्रविधिको राम्रो ज्ञान नहुँदा विद्यार्थीलाई सहि बाटोमा हिडाउन हम्मे हम्मे परेको छ। साथै प्रत्यक्ष निगरानी नहुने र हातैमा इन्टरनेट सुविधा उपलब्ध हुने हुँदा बालबालिकाहरु कक्षा भएकै समयमा इन्टरनेटको प्रयोग गरी अनलाइन गेमहरु खेल्ने, अनावश्यक रुपमा सामाजिक सञ्जालहरु प्रयोग गर्ने जस्ता समस्याहरु पनि रहेका छन्। कक्षा म्यूट र भिडियो बन्द गरेर इन्टरनेटमा व्यस्त पनि हुने गरेका छन्। सामाजिक सञ्जालको गलत प्रयोग गर्ने प्रवृत्ति पनि विद्यार्थीहरुमा बढेको छ। साथै विद्यार्थीको व्यक्तित्व विकासमा आवश्यक पर्ने मानिसहरुको भौतिक उपस्थितिमा हुने मास प्रेजेन्टेसन हुन सकेको छैन। सबै एकै ठाउँमा उपस्थित भएर खेलहरु खेल्ने वातावरण नबन्दा शारीरिक अभ्यास र विकासमा पनि वाधा पुगेको देखिन्छ। लामो समय सम्म घरमा नै सीमित हुनु परेको, ग्याजेटहरुको प्रयोग बढेको, घुमफिर गर्ने र रिफ्रेसमेन्टको अभावका कारण विद्यार्थीहरुमा मानसिक समस्या पनि देखा पर्न सक्ने जोखिम रहेको छ। यस प्रकारका समस्याहरु समाधान गर्न घरमा नै अभिभावकहरुले उचित ध्यान दिनुपर्ने देखिन्छ।

त्यसैले यो अनलाइन शिक्षा उचित र नियन्त्रित रुपमा लिन सके वरदान र नसके अभिशाप हुने देखिन्छ। यस अवस्थामा विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरुले सहि तरिकाले शिक्षा लिनेदिने वातावरण सिर्जना गर्नु जरुरी छ। उचित नियन्त्रण र नियमन हुन सके अनलाइन प्रविधिबाट लिइने शिक्षा हाम्रा लागि श्रीखण्ड बन्ने छ। अन्यथा खुर्पाको बिँड नहोला भन्न सकिन्न।

प्रकाशित: १३ कार्तिक २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App