२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

विजय कुमारको ‘सम्बन्धहरू’ बजारमा

पत्रकार तथा लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ। प्रकाशक फाइनप्रिन्टले एक विज्ञप्तिमार्फत उनको दोस्रो कृति ‘सम्बन्धहरू’ बजारमा आएको जानकारी गराएको हो।

पहिलो पुस्तक ‘खुसी’ का लागि मदन पुरस्कार पाएका उनको ‘सम्बन्धहरू’ पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा केही दिनअघि सार्वजनिक गरिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ। ‘कोरोना भाइरसको बढ्दो संक्रमण, लकडाउन र निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको छ,’ फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले भने। पुस्तकलाई प्रकाशकले ‘जीवनको अस्थायीपनको किताब हो’ का रूपमा चित्रण गरेको छ।

प्रकाशित: १७ आश्विन २०७७ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App