१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दशैं आयो तर खसी काट्नै पर्छ भन्ने छैन

गीत

रामकुमार पण्डित क्षत्री

 

दशैं आयो तर खसी काट्नै पर्छ भन्ने छैन

नयाँ नोट छानीछानी साट्नै पर्छ भन्ने छैन  

 

नयाँनयाँ पहिरनमा केटाकेटी रमाउन्

आँखाभित्र आफ्ना प्यारा बाआमालाई सजाउन्

रमाइलो चाड मान्न ढाँट्नै पर्छ भन्ने छैन

दशैं आयो तर खसी काट्नै पर्छ भन्ने छैन

 

नातागोता इष्टमित्र सबैसँग भेट होस्  

आफू भलो अरू भलो अमङ्गल चेट होस्

समय यो काट्न तास फिट्नै पर्छ भन्ने छैन

दशैं आयो तर खसी काट्नै पर्छ भन्ने छैन

 

आमाबा सन्तोष मानून् सन्तानको खुसीभित्र

मनैभरि तनैभरि सफा सुन्दर होस् चित्र

दशैंको निहुँ गरी पिउनै पर्छ भन्ने छैन

दशैं आयो तर खसी काट्नै पर्छ भन्ने छैन ।

प्रकाशित: १५ आश्विन २०७७ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App